Logo

रिपोर्टर्स क्लवको पहलमा बोधिसत्व विहारद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण


कलाखबर संवाददाता,२५,असार–काठमाण्डौं । रिपोर्टर्स क्लव नेपालको पहल तथा गन्तव्य नेपालको संयोजनमा बोधिसत्व विहारले पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । रिपोर्टर्स क्लब नेपालमा उपस्थित पत्रकारहरुलाई क्लबका सभापति ऋषि धमला र गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेका हुन् ।

उनीहरुसँगै बोधिसत्व विहारका मास्टर हेगुवाङ र नेपाल लकडाउन फुड च्यारिटीका संयोजक शान्त शर्माले पनि सहयोग गरेका थिए । स्वास्थ्य सुरक्षा सामाग्रीहरु अन्र्तगत प्रेस ज्याकेट, एन–९५ मास्क, मेडिकल मास्क, मास्क सिल्ड, ग्लब्स र स्यानिटाईजर वितरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले महामारीका बेला बोधिसत्व विहारले देशैभर गरेको मानवसेवाका कार्यको प्रशंसा गर्दै बोधिसत्वको परोपकारी अभियानमा आफू पनि जोडिन पाएकोमा खुसी व्यक्त गरे । धमलाले कोभिड–१९ को कारणले नेपालको मिडिया क्षेत्रपनि प्रभावित बनेको भन्दै यसबाट सबैभन्दा बढि मारमा श्रमजिवी पत्रकारहरु परेको उल्लेख गरे । साथै उनीहरुको हितको लागि क्लब सधैं साथमै उभिने र सकेको सहयोग गर्ने पनि धमलाले विश्वास दिलाए ।

गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले विश्वव्यापी संकटको यो अवस्थामा सरकारले गर्न नसकेको काम बोधिसत्व विहारले गरिरहेको भन्दै मास्टर शी र संयोजक शर्माप्रति आभार प्रकट गरे । ताइवानी नागरिक शीको नेतृत्वमा विहारले नेपालसँगै विश्वका विभिन्न देशमा चलाइरहेको मानवसेवी अभियानको मुक्तकण्ठले प्रशंसा गर्दै अधिकारीले यस्तो अभियानमा जोडिनु आफ्ना लागि गर्वको विषय भएको बताए ।

तीन महिनामा ५ लाखभन्दा बढीलाई निःशुल्क खाना खुवाइसकेको विहारको लकडाउन विशेष अभियान ‘नेपाल लकडाउन फुड च्यारिटी’का संयोजक शान्त शर्माले महामारीका बीच जोखिम मोलेर सूचना संकलनमा खटिने पत्रकारहरुको स्वास्थ्य सुरक्षामा थोरै भए पनि सघाउन पाएकोमा खुसी व्यक्त गरे ।

यसअघि दुई चरणमा ३०० भन्दा बढी पत्रकारलाई पिपिईसहित स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको स्मरण गर्दै उनले अझै अन्य चरणहरु जारी रहने बताए । तर वास्तविक पत्रकार भन्दा गैरपत्रकारहरुको उपस्थितिले कार्यक्रम बने खल्लो भएको थियो । औपचारिक रुपमा सभापति तथा वरिष्ठ पत्रकार ऋषि धमलाले सामाग्री वितरण गर्नु अघि नै गैरपत्रकार युटयूवरहरु अघि बढेपछि कार्यक्रमको सिस्टम बिग्रेको थियो । उनीहरुले हातहातै सामाग्री खोसेका थिए ।

प्रतिक्रिया दिनुहोस्