Logo

दुई अध्यक्षबीच बसेको बैठक बीना निष्कर्ष टुङग्यो, फेरि भोली बिहिबार छलफल हुने


कलाखबर संवाददाता,२४ असार –काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुई अध्यक्षबीच बुधबार बसेको बैठक बीना निष्कर्ष टुंगिएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार करिब दुई घण्टा ओली र प्रचण्डबीच छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ९जुगल०का अनुसार अध्यक्षद्वयबीच भोलि ९विहीबार० पनि छलफल हुनेछ । आइतबार यता ओली र प्रचण्डबीच निरन्तर वार्ता हुँदै आएको छ । तर अध्यक्ष प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन् ।

तर ओली भने एक कदम पनि राजीमा दिने पक्षमा छैन । दुवै पक्षको आ–आफ्नै अडानका कारण सहमति हुन सकेको छैन । यही सहमतिका लागि भन्दै उनीहरुले स्थायी समिति बैठक पनि असार १८ गते यता स्थगित गर्दै आएका छन् । स्थायी समितिको अर्को बैठक २६ गते बिहान ११ बजेलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्