Logo

अन्तत समाजबादी पार्टीकी नेतृ सरिता गिरी पार्टी र संसदपद दुईटैबाट निस्कासित


कलाखबर संवाददाता,२३ असार –काठमाण्डौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टी र संसदपद दुईटैबाट निस्कासन गरेको छ । मंगलबार बसेको पार्टी कार्यकारीणी समितिको बैठकले गिरीलाई पार्टी र संघीय संसदको सदस्यबाट समेत हटाउने निर्णय गरेको हो । महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलको सिफारिस अनुसार निर्णय भएको नेता इस्तियाक राईले जानकारी दिए ।

गिरीले संसदमा पार्टीको नियम उल्लंघन गर्दै बोलेकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् । समाजवादी पार्टीको संसदीय दलले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकी थिइन् ।

उनले लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भुमी हो भन्ने प्रमाण नै नभएको स्पोक्ति दिएपछि उनी प्रति विभिन्न राजनीतिकदल तथा सबै नेपाली जनता असन्तुष्ट भएका थिए । सडक र सदनमा समेत उनको राजीमाको माग गरियो । त्यसलगतै उनलाई कारबाही गर्ने तयारी भयो। यसबारे छानविन गर्न बनेको कार्यदलले पनि त्यसअनुसार नै सिफारिस गरेपछि कार्यकारीणी समितिले त्यसलाई औपचारिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्