Logo

नेपाल प्रहरीको २८ औ आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त


कलाखबर संवाददाता,२३ असार –काठमाण्डौं । नेपाल प्रहरीको २८ औ आईजीपीमा शैलेश थापा क्षेत्रीलाई सरकारले नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो ।

थापासँगै एआईजी हरिबहादुर पाल महानिरीक्षक बन्ने प्रतिष्पर्धामा थिए । तर, सरकारले एआईजी बढुवामा समेत १ नम्बरमा रहेका थापालाई नै आईजीपी नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

थापा पछिल्लो समय मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व गरिरहेका थिए । अब महानिरीक्षकका रुपमा उनले २२ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् । थापा संगठनभित्र व्यवसायिक एवं इमान्दार अधिकृतका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्