Logo

ऋषिधमला पत्नी नायिका एलिजा गौतम र दुर्गेश थापाको आधी कपाल बोलको गीत बजारमा चर्चा


कलाखबर संवाददाता,२३ असार –काठमाण्डौं । ऋषिधमला पत्नी नायिका एलिजा गौतम र दुर्गेश थापा अभिनित आधी कपाल बोल गीतको म्यूजिक भिडियो बजारमा आएको छ । नेपाली चलचित्रमा यो भन्दा अगाडी नायीका बनी सकेकी गौतमको म्युजिक भिडियो भने यो पहिलो नै हो । भिडिओ सार्वजनिक भएको केही दिनमै दश दश लाखले हेरिसकेका छन् ।

भिडियोमा धमला परिवार नै देख्न सकिन्छ । चर्चित गायक अमृत सापकोटा र गायिका समिक्षा अधिकारी र आयुषा गौतमको स्वर रहेको उक्त गीतको भिडिओ निकै राम्रो बनेको छ । गीतमा बाल गायिका आयुषा गौतम र एलिजाकी छोरी एरिका धमलाको पनि अभिनय रहेको छ ।

खेम सेञ्चुरीको संगीत र नेत्र अर्यालको शब्द रहेको गीतको भिडियो निर्देशन भने शिब बिकले गरेका हुन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ । अहिले भिडियो तेस्रो टे«न्डिङ मा पर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्