Logo

नेपाल एयरलाइन्सका पाइलट तथा कर्मचारीमा पनि कोरोना पुष्टि


कलाखबर संवाददाता,२२ असार –काठमाण्डौं । नेपाल एयरलाइन्सका पाइलट तथा कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । एयरलाइन्सका तीन पाइलट तथा ११ क्याविन क्रुका कर्मचारीमा कोरोना पुष्टि भएको नेपाल वायुसेवा निगम स्रोतले जनाएको छ ।

यसरी पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ । नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तव्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।

आज पनि नेपालमा केही संख्यामा कोरोना संक्रमित फेला परेको छ । अहिले सवा चार बजे पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्ने स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्