अब मास्क नलगाई बाहिर निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

कलाखबर संवाददाता,२२ असार –काठमाण्डौं । मास्क नलगाई बाहिर निस्कनेलाई गृह मन्त्रालयले पक्राउ गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण बढ्न थाले पछि सर्तकता आपनाउन तथा यथास्थितिमा रहेका लकडाउनको पालना नगरी मास्कबीना हिड्ने जोकोहीलाई पनि पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।
अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ ।
जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।