Logo

अब मेलम्चीको पानी काठमाण्डौं बासीले कहिले उपभोग गर्न पाउलान त ?


 

कलाखबर संवाददाता,२२,असार –काठमाण्डौं । लामो समयदेखि मेलम्चीको खानेपानी पाउने आसमा रहेका काठमाण्डौं बासीले अब चाडै आफूहरुको सपना पुरा गर्ने भएको छ । मन्त्रालयका अधिकारीहरुले आइतबार दिउँसो पत्रकार सम्मेलन नै गरेर आयोजना सम्पन्न हुने चरणमा प्रवेश गरेको घोषणा गरेका छन् ।

आईबतबार मेलम्चीको सुरुङमा पानी भर्दै सरकारी अधिकारीहरुले त्यसलाई आयोजना निमार्णको ठूलो उपलब्धी भनेका छन् । पत्रकार सम्मेलनमा खानेपानी मन्त्री विना मगरले ‘छिट्टै मेलम्ची खानेपानी आयोजनाको उद्घाटन’ हुने बताइन् ।

तर उनले आयोजना कुन दिन ‘उद्घाटन’ हुन्छ भनेर मिति भने तोक्न सकिनन् । मन्त्रालयका सचिव माधव बेल्वासेले पनि प्राविधिक कुरा भएकाले मिति तोक्न नसकिने बताए । यसका लागि अझै उपभोक्ताले केही समय पर्खिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्