Logo

पार्टी फुटको संघारमा पुगेपछि नेकपा सोलुखुम्बु जिल्ला कमिटीद्वारा मिलेर जान शीर्ष नेतृत्व लाई आग्रह (विज्ञप्ती सहित)


 

कलाखबर संवाददाता,२१ असार –काठमाण्डौं । नेकपा का दुई अध्यक्ष बीचको बिबाद चुलिदै गए पछि विभिन्न जिल्लाका नेता कार्यकर्ताहरुमा निराशा छाउन थालेका छन् । पार्टी फुटको संघारमा पुगेपछि चिन्ता व्यक्त गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्ला कमिटीले मिलेर जान शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् । कम्युनिष्ट एकता र स्थीर सरकारको लागि जनताले झण्डै दुईतिहाई मत दिएको स्मरण गराउदै पार्टीलाई एकताबद्ध बनाएर बाँकी काम पूरा गर्नुको विकल्प नरहेको (नेकपा) सोलुखुम्बु जिल्ला कमिटीले विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।

शीर्ष नेतृत्वकाबीचमा उत्पन्न अन्तर कलह चुलिदै गएपछि जिल्ला कमिटी अध्यक्ष मानबीर राई र सचिव गोम्बु शेर्पा (कज्र्याङ)ले आइतबार प्रेस विज्ञप्ती जारी गरेका छन् । आपसी असमझदारीका कारण पार्टी विभाजनतर्फ गएमा राष्ट्र, आम कार्यकर्ता तथा मत दिने जनतामाथि ठूलो धोका हुने भन्दै स्वस्थ र मैत्रीपूर्ण बहसबाट निकास खोज्न नेतृत्वलाई विज्ञप्ती मार्फत ध्यानाकर्ष गराएको छ ।

कम्युनिष्ट एकता चाहाने आम नेता, कार्यकर्ता , समर्थक, शुभचिन्तक जनसमुदायको चाहाना र भावनाको कदर गर्न समेत कमिटीले आग्रह गरेको छ । अत्यन्तै जिम्मेवार र विवेकपूर्ण निर्णय लिइ पार्टी एकता र सुदृढिकरणको पक्षमा अघि बढ्न नेकपा सोलुखुम्बु जिल्ला कमिटीको तर्फबाट शिर्ष नेत्वतृलाई गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौं विज्ञप्तीमा भनिएको छ । साथै जिल्ला कमिटीले पार्टी एकताको पक्षमा सकरात्मक भूमिका र महत्वपूर्ण सहयोग गर्दै धैर्य गर्न समेत आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्