Logo

पार्टीकै साथीहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरेपछिआफूले संसद अधिवेशन अन्त्य गरेको ओलीको दावी


 

कलाखबर संवाददाता,२० असार काठमाण्डौं । आफ्नै पार्टीका साथीहरुले महाभियोगको प्रस्ताव ल्याएर राष्ट्रपतिलाई हटाउन लागेपछि संसद अधिवेशन अन्त्य गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले दावी बताएका छन् । शनिबार अकस्मात प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकमा ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्ने क्रममा सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अब एक रहने सम्भावना निकै कम रहेको मन्त्रिपरिषद्का सदस्यहरुसँग बताएका छन् ।

पार्टीको विवाद चरम अवस्थामा पुगेको र एक रहने सम्भावना निकै कम रहेकाले त्यसलाई बचाउन आफूले अथक प्रयास गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएर त्यसमा सहयोग गर्न आग्रह गरेका हुन् । आफूलाई प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिन भनिरहेको तर त्यो सम्भव नभएको कुरा उनले राखेका थिए । प्रधानमन्त्री ओलीले आफूलाई हटाउन अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइन भइरहेको र यसमा भारत पनि लागेको कुरा मन्त्रीहरुलाई बताएका थिए ।

जुन साथीलाई म मन पर्छु, त्यो साथीले मलाई साथ दिनुहोला, जुन साथीलाई म मनपर्दैन साथ नदिनुहोला,’ प्रधानमन्त्रीले भनेका थिए । प्रधानमन्त्री ओलीले बोलिसकेपछि मन्त्रीहरु वर्षमान पुन, घनश्याम भुसाल र विना थापामगरले धारणा राखेका थिए । उनीहरुले कुनै पनि हालतमा पार्टी फुट्न नदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्