Logo

दुई एआईजीको बढुवामा तीन डिआईजीको कडा प्रतिस्पर्दा


कलाखबर संवाददाता,२० असार काठमाण्डौं । सरकारले २०७६ माघ २८ गते नेपाल प्रहरीको नयाँ महानिरीक्षक ९आईजीपी०मा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गर्यो । ३० वर्षे सेवा अवधिका कारण तत्कालिन आईजीपी सर्वेन्द्र खनालले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा तत्कालिन नायब महानिरीक्षक (डीआईजी) ज्ञवाली नियुक्त भएका हुन् । खनालसँगै जनपथतर्फका सबै तीन अतिरिक्त महानिरीक्षक ९एआईजी० र १८ डीआईजीले एक साथ अवकाश पाएका थिए ।

ज्येष्ठता र वरिष्ठता दुवैमा ज्ञवाली पहिलो नम्बरमा थिए । ज्ञवालीले २४ असारबाट ३० वर्षे सेवा अवधीका कारण आईजीपीबाट अवकाश पाउँदैछन् । ज्ञवालीसँगै उनका ब्याची अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणी लम्साल र डीआईजी सूर्य उपाध्याय पनि अवकाशमा जान्छन् । ज्ञवाली र लम्सालले अवकाश पाएपछि एआईजी रहेका शैलेश थापा क्षत्री र हरि पालमध्ये एकजनाले नेपाल प्रहरीको नेतृत्व गर्छन् । अब हुने आईजीपीको सेवा अवधि २०७९ वैशाख १९ गतेसम्म हुनेछ ।

थापा र पाल दुवै ०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् । हाल तीन डीआईजीहरु दुई एआईजी पदका आकांक्षी छन् । २०७६ वैशाख १९ गते डीआईजीमा बढुवा भएका विश्वराज पोखरेल पनि एआईजीको दौडमा छन् ।आईजीपी ज्ञवाली र एआईजी लम्सालले अवकाश पाएपछि एआईजीको रिक्त दुई पदमा डीआईजीहरु शाही, कार्की र पोखरेलमध्ये दुई जनाले मात्रै योपटक एआईजी हुने अवसर पाउनेछन् ।

डीआईजीको बढुवाले आगामी नयाँ आईजीपीको अुनमानसमेत सहज बनाउनेछ । शाही नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता हुन् भने कार्की विशेष ब्यूरो प्रमुख र पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरी ९मेट्रो० प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्