मन्त्रीहरु राजिनामा दिने तयारीमा,अब एक्लिएकै हो त ओली ?
कलाखबर संवाददाता,१९ असार–कठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले आफ्नै पार्टीको चर्को दवाबमा परेका छन् । उनका सरकारका अधिकाशं मन्त्रीहरुले राजिनामा दिने भएपछि ओली एक्लो हुने भएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट उनलाई राजिनामा दिन लगाए पनि नमाने पछि पार्टीकै निदेर्शनमा मन्त्रीहरुले् सामुहिक राजिना दिन लागेका हुन् ।
विश्वस्त स्रोतका अनुसार उनीहरुलाई न् राजीनामा माग्मे पक्षबाट राजीनामाका लागि तयार रहन उक्त समुहका शिर्ष नेताहरुले भनेका छन् । निर्देशनलगत्तै मन्त्रीहरुले राजीनामा पत्र तयार गरिसकेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतम एकजुट भएर प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका छन् । उनीहरुले आज अन्तिम प्रयास गरेर ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेका छन् ।
ओलीले नमाने कडा निर्णयमा जाने तयारी सकेको एक मन्त्रीले बताए । विश्वस्त स्रोतका अनुसार आज साँझ या भोलिभित्र ओलीको विपक्षमा रहेका मन्त्रीहरुले राजीनामा बुझाउनेछन् । राजीनामा बुझाउन तयार भएका मन्त्रीहरुमा प्रचण्ड पक्षधर गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र खानेपानीमन्त्री विना मगर छन् ।
माधव(बामदेव निकट कृषिमन्त्री घनश्याम भुसाल पनि राजीनामा दिने तयारीमा छन् । प्रचण्ड समुहबाट मन्त्री बनेका लेखराज भट्ट र माधव नेपाल समुहबाट मन्त्री भएका योगेश भट्टराईले भने राजीनामा दिने नदिने निश्चित छैन ।