बालुवाटारमा आकस्मिक मन्त्रि परिषदको बैठक सुरु
कलाखबर संवाददाता,१८ असार –काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
नेकपाको स्थस्थायी समिति बैठकमा पनि सहभागीता नजनाई उनी मन्त्रीपरिषदको बैठक तयारीमा लागेका हुन् । पार्टीमा राजीनामाको माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाउनुभएको हो ।
प्रधानमन्त्रीले दुई दिनयता मन्त्रीहरुसँग पार्टीको आन्तरिक विवादबारे छलफल र परामर्श गर्नुभएको थियो । एउटै समयमा पार्टीको स्थायी समिति बैठक र मन्त्रीपरिषदको बैठक हुने भएकोले पार्टीको बैठकमा उनी नगएको बालुवाटार स्रोतले जनाएको छ ।