नेपाल कम्युनिष्ट पार्टीको ११ बजे सुरु भनिएकोे बैठक प्रधान मन्त्रीबीना नै बल्ल १२ बजे सुरु

कलाखबर संवाददाता,१८ असार –काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक ११ बजे डाकिएको बल्ल १२ बजे सुरु गरिएको छ । राष्ट्रपतिलाइ भेटन गएको प्रधानमन्त्री केपी शर्मा ओलीले ढिलो गरे पछि उनीबिना नै प्रचण्डले बैठक सुरु गराएका हुन् ।
प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएपछि बैठक सुरू हुन केही ढिला भएको थियो। ओली समयमा नआएपछि उनको उपस्थितिबिना नै बालुवाटारमा नेकपाको स्थायी समिति बैठक १२ बजे सुरु गरिएको हो ।
प्रधानमन्त्री मन्त्रिपरिषद बैठकको तयारीमा लागेको जानकारी बालुवाटारले दिएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवा १२ बजेतिर बैठक सुरू गरेका हुन्। प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन्।