एक युवतीद्वारा फेसबुकमार्फत लाइभ भिडियोमा आएर आत्म‘हत्या

कलाखबर संवाददाता,१८ असार– काठमाण्डौं । दाङ जिल्लाको तुलसीपुरकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा आएर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी करिव २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्म‘हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरेका छन् ।
‘राति १ बजेर २५ मिनेटमा जानकारी पायौँ, घर पत्ता लगाउन मुस्किल प¥यो, अबेर उनको घरमा पुग्दा उनको मृ‘त्यु भैसकेको थियो ।’,उनले भने, ‘उनी माइतीमा बस्दै आएको खुलेको छ ।’ बुवा आमा सबै भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् ।’उनी विवाहित रहेको र माइतीमा बस्दै आएको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृ‘तक युवतीको शव पोष्ट‘मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । सिधाकुराबाट साभार