Logo

प्रधानमन्त्रीको राजनीतिक परामर्श तीव्र


कलाखबर संवाददाता,१८ असार– काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर स्थायी कमिटी सदस्यहरूसँग परामर्श थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षसमेत रहेका ओलीले सत्तारूढ पार्टीको आन्तरिक एकता, जारी स्थायी कमिटी बैठकका ‘एजेन्डा’ र समसामयिक विषयमा बुधबार बिहान छलफल गरेका छन् ।

उनले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीका सदस्यहरूसँग सामूहिक रूपमा छलफल र सुझाव लिएका थिए । छलफलपछि स्थायी कमिटीको बैठक बसेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थायी कमिटीको जारी बैठकका कार्यसूचीभन्दा बाहिरका र अहिलेका ज्वलन्त विषयमा प्रधानमन्त्रीले छलफल गरेको जानकारी दिए ।

स्थायी कमिटी सदस्य भट्टराईका अनुसार अध्यक्ष ओलीले पार्टीभित्र चुलिँदै गएको समस्या, अन्तरविरोध, विकसित घटनाक्रम र सङ्कट समाधानका विषयमा नेताबीच कसरी छलफल हुँदै आएको छ भन्ने विषयमा धारणा राखेका थिए।स्थायी कमिटीका सदस्यहरूले पार्टी एकताको भावना अनुसार दुई अध्यक्षले स्थायी कमिटीमा उठेका विषयलाई सचिवालयमा ल्याएर साझा धारणा र प्रस्ताव बनाउन सुझाव दिएका छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्