अधिकांश नेपालमा सलह किरा देखा पर्न थाल्यो, तराई हुदै पहाडी जिल्ला ओखलढुंगा सम्म प्रवेश
कलाखबर संवाददाता,१७,असार – काठमाण्डौं । नेपालको तराई बारा पर्सामा देखा परेको सलह किरा कपिलवस्तु चितवन,धादिङ, काठमाण्डौं, सिन्धुली ,रामेछाप र दोलखा हुँदै ओखलढुंगा जिल्ला प्रवेश गरेको छ । केही दिन अगाडी मात्र कविल वस्तुमा देखापरेको सलहको ठूलो झुण्ड एकासी रामेछापको मन्थली नगरपालिकामा देखापरेको रामेछापस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
शनिबार रामेछापको मन्थली नगरपालिकामा प्रवेश गरेको सलह एक दिन बसेर त्यहाँबाट दोलखातिर गएको रामेछाप कृषि ज्ञान केन्द्र मन्थलीका प्रमुख दिनेश आचार्यले जानकारी दिएका छन् ।
रामेछापको रामपुरमा सोमबार प्रवेश गरेको सलहको समूह मंगलबार त्यहाँबाट भागेको छ । रामेछाप नगरपालिकाको रामपुरमा बसेको सलहको समूहमा ५ देखि ६ हजारको संख्यामा थिए । मन्थली नगरपालिकामा शनिबार प्रवेश गरेको सलह १० हजारको संख्यामा रहेको ज्ञान केन्द्रका प्रमुख आचार्यले बताएका हुन् । उनले सलहका समूह आएर बसेपनि खासै क्षति नपुर्याएको बताए ।
त्यस्तै दोलखाको ३ वटा स्थानीय तहमा आएर बसेको सलहले कुनै क्षति नगरी अन्तै गएको छ । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५, जिरी नगरपालिका ५ र गौरीशंकर गाँउपालिका ६ मा प्रवेश गरेको सलह एक दिन बसेर गएको हो । दोलखाको ३ वटै स्थानीय तहमा सोमबार करिब ५र६ हजारको संख्यामा सलह प्रवेश गरेको थियो’ आचर्यले भने, ‘त्यहाँ एक दिन बसेर ओखलढुंगा जिल्लातिर प्रवेश गरेको खबर आएको छ ।