ऋणमा डुब्यो हामीलाई बाच्न देउ भन्दै टयाक्सी चालकहरु सडकमा

कलाखबर संवाददाता,१६ असार – काठमाण्डौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले तीन महिना लामो लकडाउन गरेर आफूहरुका लागि राहतको प्याकेज नल्याएको भन्दै ट्याक्सी चालहरु सडकमा उत्रिएका हुन् ।
कर पनि मिनाहा नभएको र किस्ता तिर्ने अवधि पनि थप नभएपछि आफूहरु मारमा परेको ट्याक्सी व्यवसायीको गुनासो छ । लामो लकडाउनका कारण आम्दानीको स्रोत पनि बन्द भएपछि दैनिक छाक टार्न पनि समस्या भएको भन्दै व्यवसायीले शान्तिपूर्ण प्रदर्शन थालेका छन् ।
सरकारले ट्याक्सी व्यवसायीको पक्षमा कुनै कदम नचाले ट्याक्सीको चाबी यातायात व्यवस्था विभागलाई बुझाउने व्यवसायी दीपक केसीले बताए ।