Logo

अहिले सम्मकै सबै भन्दा ठूलो सलहको झुण्ड कपिलबस्तुमा देखिए


कलाखबर संवाददाता,१५ असार –काठमाण्डौं । अहिले सम्मकै सबै भन्दा ठूलो सलहको झुण्डो कपिलबस्तुमा देखिएको छ । कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

नेपालमा शनिबारदेखि सलहको झुण्ड प्रवेश गर्ने क्रम सुरु भएको थियो । सरकारले भारतका विभिन्न भागमा बालीनाली नष्ट गर्दै आएका सलह साना(साना झुण्डमा छुट्टिएर नेपाल प्रवेश गरेको बताउँदै आएको थियो ।

आइतबार अपराह्न करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको विषादी व्यवस्थापन केन्द्रको अनुमान छ ।

उक्त नयाँ समूह जंगलमा बसेको प्रवक्ता सुवेदीले बताए । करिब २० घण्टासम्म एकै ठाउँमा बसेको सलहको उक्त झुण्ड नेपालमा भेटिएकोमध्ये सबैभन्दा ठूलो भएको सुवेदीले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्