Logo

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशन निर्धारित मितिमै गर्ने बाचा


कलाखबर संवाददाता,१५ असार –काठमाण्डौं । नेपाली काँग्रेसको १४ महाधिवेशन निर्धारित समयमा नै गर्ने देवपाको तयारी रहेको छ । कोरोना संक्रमणको कारणमा अन्योलमा परेका पार्टीको महाधिवेशनलाई निर्धारित समयमा नै गर्ने छलफलमा जुटेको एक नेताले बताए ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कार्यतालिका परिमार्जन गरी असार तेस्रो साताबाट महाधिवेशन गतिविधि अघि बढाउने प्रस्ताव ल्याएका छन् ।

पदाधिकारी बैठकमा उक्त प्रस्तावमाथि पार्टीको निर्वाचन कार्यसमितिका सदस्यलाई राखेर काँग्रेस शीर्ष नेताहरुले ३ घण्टा छलफल चलाएको थिए । कोरोनाको बहानामा संस्थापन पक्षले महाधिवेशन सार्ने रणनीति बुनिरहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सशंकित थियो ।

तर बैठकमा सभापति शेबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन ०७७ फागुन ७ गते नै उद्घाटन गरी सफलतापूर्वक सम्पन्न गर्न चाहेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्