Logo

आज ४६३ जनामा कोरोना देखियो, नेपालमा जम्मा संक्रमित संख्या १२,७७२ पुग्यो


 

कलाखबर संवाददाता,१४ असार – काठमाण्डौं । नेपालमा आज कोरोना भाइरसका संक्रमित ४६३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल संक्रमित संख्या १२ हजार ७ सय ७२ पुगेको जानकारी दिएको छ ।

आईतबार नियमित पत्रकार सम्मेलन गर्दै ४६३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार आज थपिएकामध्ये पुरुष ३५८ र महिला १०५ छन् । कुल संक्रमितमध्ये पुरुष ११ हजार २ सय ९८ र महिला १४ सय ७४ छन् ।
अहिलेसम्म देशको सबै जिल्लामा संक्रमित पत्ता लागिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्