Logo

चार प्रहरी अधिकृत सहित ७५ जना प्रहरी जवानमा पनि कोरोना पूष्टि


 

कलाखबर संवाददाता,१४ असार – काठमाण्डौं । कोरोना रोकथाममा अग्रपंक्तिमा खटिएका प्रहरीमा संक्रमण बढिरहेको छ । क्वारेन्टाइनमा राखिएकाहरुबाट सुरक्षामा खटिएका प्रहरीमा संक्रमण सरेको हो । हालसम्म चार प्रहरी अधिकृत सहित ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसध्ये ४१ जना डिस्चार्ज भइसकेका छन् ।

संक्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका १, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् । यस्तै महोत्तरीका २, जुम्लाका २, जाजरकोटका १, सुर्खेतका ४, दैलेखका ९, कञ्चनपुरका ३, अछामका १, बाजुराका १, काठमाडौंका ५ र भक्तपुरका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा २ महिला र ७३ पुरुष छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ५० जना प्रहरी क्वारेन्टिनमा छन् । पछिल्लो पटक महानगरीय अपराध महाशाखामा पनि संक्रमण देखिएको छ । पूर्ण रुपमा सतर्कतासहित डिउटीमा खटिन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्