Logo

सरकार र पार्टी दुईवटै चलाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना


 

कलाखबर संवाददाता,१४ असार – काठमाण्डौं । सरकार र पार्टी दुईवटै चलाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना हुन थालेको छ । कोरोना महामारीको समयमा ओली सरकारले पीडित जनताई राम्रो राहत दिन नसकेको तथा जनताको मागलाई सम्बोधन नगरी जबरजस्ती राष्ट्र घाटक एमसिसि ल्याउन लागेको भन्दै प्रम ओलीको चौतर्फी आलोचना हुन थालेको हो ।

ओलीको आलोचना मात्र नभएर कयौ ठाउँमा पुु‘त्ला दहनसँगै राजिनमाको माग समेत आउन थालेका छन् । अहिले माईतीघर मण्डलामा दिनहँु सरकारको विरुद्धमा प्रदर्शन हुदै आएको छ । ओली सरकार जसरी भएपनि एमसिसि पास गराएरै छाड्ने पक्षमा छन् ।

तर उनको पार्टीकै केही प्रभावशाली नेताहरु एमसिसिको विपक्षमा लागेपछि अहिले प्रधानमन्त्री ओली अपठ्यारोमा परेका हुन् । प्रचण्ड माधव कुमार नेपाल, बामदेव गौतम, नारायण काजी श्रेष्ठ भीम रावल लगायतका अधिकाँश नेताहरु नै एमसिसिको विपक्षमा लागेपछि अहिले ओली तनावमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्