Logo

तराई प्रदेश हुदै नेपालका विभिन्न जिल्लामा सलह देखा पर्न थाल्यो, किसान त्रासमा


 

कलाखबर संवाददाता,१४ असार – काठमाण्डौं । पश्चिमी मुलुकमा देखा परेको सलह किरा अहिले नेपालका विभिन्न जिल्लामा समेत देखा पर्न थालेका छन् । पहाडी जिल्ला पोखारा कास्की,लम्जुङ हुदै अहिले पाल्पा र पूर्वी चितवनको कालिका खैरहनी नगरपालिकामा सलह कीरा देखिन थालेका छन् ।

प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो ।  उहाँका अनुसार कालिकाका स्थानीयवासीले आज बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सो कीराका सानो झुण्ड वनतर्फ गएको छ ।

सो क्षेत्रमा परियोजना, कृषि ज्ञान केन्द्र र सो नगरपालिकाका कृषि प्राविधिकहरुले अध्ययन गरिरहेको उनले जानकारी दिए । यसैगरी शनिबार साँझ खैरहनी नगरपालिकाको पर्सा क्षेत्रमा आकाशमा सानो झुण्ड उडेको जानकारी स्थानीय कृषि प्राविधिकहरुले गराएको उनले बताए ।

  1. प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सम्बन्धित कार्यालयका प्रमुखलाई कीरा रोकथाममा तत्काल जुट्न र के कस्तो सहयोग आवश्यक पर्छ भन्न निर्देशन दिइएको जानकारी दिए । केन्द्रका प्रमुख ढकालका अनुसार मकवानपुरतिर त्यहाँबाट प्राविधिकहरुले सलहको ठूलै झुण्ड देखिएको जानकारी गराएको बताए ।
प्रतिक्रिया दिनुहोस्