Logo

सोमबारबाट सलह किरा नेपाल प्रबेश


 

कलाखबर संवाददाता,१४ असार – काठमाण्डौं । सोमबारबाट सलह किरा नेपाल भित्रिएका छन् । हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले सोमबारदेखि नै सलह किराहरु पश्चिमतिर सर्दै जाने अनुमान गरिएको छ । मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘सोमबारबाट अझ आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने देखिएको छ ।

पूर्वबाट पश्चिम हावा बग्न थालेपछि सलह पनि हावासँगै उड्ने किरा भएकाले सलहको यात्रा पनि पश्चिमतिर हुने सम्भावना बढी छ । केही दिनयता दक्षिणतिरबाट हावा बगेको छ । त्यसैले भारतको उत्तर प्रदेशका जिल्लातिरबाट सलह नेपालसम्म आइपुगेको अनुमान छ । मौसमविद मानन्धरका अनुसार आइतबार पनि हावाको दिशा दक्षिण–दक्षिण पश्चिम छ ।

जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३० देखि ४० किलोमिटर प्रतिघण्टा छ । सोमबार र मंगलबार भने पूर्वबाट हावाको बहाव पश्चिमतिर बढी हुने मौसमविद मानन्धरको भनाइ छ । सो दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने छ ।

प्रतिक्रिया दिनुहोस्