सिरानचोक गाउँपालिकामा निजि आवास प्रर्बललिकरण घर निर्माण तालिम तीव्र गतिमा हुदै

कलाखबर संवाददाता,१३ असार – सिरानचोक गोरखा । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा नं ४ मा निजि आवास पर्बललिकरण घर निर्माण तालिम सञ्चालन भएको छ । नेपाल आवज पूननिर्माण परियोजना गोरखाको आर्थिक तथा प्राविधिक सहजिकरणमा सिरानचोक क्लस्टर अन्र्तगत वडा नं ४ जैसिथोक टोलमा सो निर्माण तालिम सम्पन्न भएको हो । इन्जिनियर सुनिल पोखरेलको प्रत्यक्ष सहजीकरण मा स्थानीय १२ जना डकर्मिहरुलाइ ५ दिन सम्म कार्यस्थलगत रुपमा तालिम दिइएको थियो ।
परम्परागत पुरानो घरहरुलाई जोगेर्ना तथा संरक्षण गर्ने उद्देश्यले सो तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजकले जानकारी दिनुभयो । सो तालिम असार ५ देखि ९ गते सम्म सञ्चालन गरिएको हो । जनार्दन पोेखरेलको घरमा सञ्चालित सो तालिममा सहभागी १२ जना डकर्मीहरुलाई वडा अध्यक्ष दिपक हमालले आवश्यक उकरणहरु वितरण गर्नु भएको छ ।
वडा अध्यक्ष हमालले अन्य घरहरुमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । सो तालिमको सामाजिक तथा प्रशासनिक सहजिकरण केदार पोखरेलले गर्नु भएको थियो । गाउँपालिकाका अध्यक्षले समेत प्रबलिकरण सम्बन्धी पूननिर्माण कार्यमा विशेष चासो राखेको सामाजिक तथा प्रशासनिक सहजिकरणकर्ता पोखरेलले बताउनु भयो ।
भुकम्प पछि अनुदानको प्राप्ति नाममा नया घर निर्माण मात्रै नभई परम्परागत घरहरुको सभ्यता जगेर्ना गर्ने उदेश्यका साथ कम लागतमा भुकम्प प्रतिरोधात्मक बनाउनको लागि प्रबलिकरण गर्नु आबस्यक रहेको सिरानचोक क्लस्टर संयोजकले जानकारी दिनुभयो । सिरनचोकमा युद्धस्तरमा निजि आवास घर प्रबलिकरण निर्माण हुन थालेपछि दैनिक भ्रमण गर्ने स्थानीयहरुले समेत सकरात्मक अभिव्यक्ति दिदै चासो राख्न थालेका छन् ।