Logo

विदेशी बुहारीलाई सात बर्षपछि नेपाली नागरिकता दिने बिद्ययक ल्याएपछि प्रधान मन्त्री ओलीको पुत्ला दहन


 

कलाखबर संवाददाता,९ असार ,जनकपुरधाम । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ बर्षपछि नागरिकता दिने प्रावधानको विरोधमा मंगलबार पनि प्रदेश २ का विभिन्न जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामसहित प्रायः सबै जिल्लामा प्रदर्शन भएको छ ।

प्रदर्शनकारीले रोटीबेटीको सम्बन्ध बिगार्न पाइँदैन, १० अर्बबाट ध्यान हटाउन पाइँदैन, महिलामाथि विभेद, अत्याचार गर्न पाइँदैन जस्ता नारा लगाएका छन् । जिल्लाहरुमा मंगलबार जनता समाजवादी पार्टीको अगुवाईमा प्रदर्शन भएको छ । प्रदर्शनकारीले जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

यहाँ प्रदेश सांसद रामाशिष यादव समेतको सहभागितामा निकालिएको विरोध जुलुसपछि स्थानीय जनक चोक र सप्तरीको सदरमुकाम राजविराजमा पनि प्रधानमन्त्रीको पुत्ला जलाइएको छ । स्थानीय जनआन्दोलन चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडपसमेत भएको थियो ।

राजविराजमै नेपाली कांग्रेसका युवा नेताहरुले समेत प्रदर्शन गरेका छन् । स्थानीय गजेन्द्र चोकमा भेला भएका युवाहरुले प्लेकार्ड बोकेर प्रदर्शन गरेको युवा नेता इर्साद अन्सारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्