Logo

कर्णाली प्रदेशमा थप एक जनाको कोरोनाबाट मृत्यू, मृतक संख्या जम्मा पाँच जना पुग्यो


 

कलाखबर संवाददाता,८ असार काठमाण्डौं । कर्णाली प्रदेशमा कोरोना भाइरसको कारण सोमबार राती थप एक जनाको मृत्यू भएको छ । आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। उनी क्षयरोगका बिरामी रहेको र उपचारकै क्रममा सोमबार राति साढे ९ बजे मृत्यु भएको प्रमुख तिवारीले जानकारी दिए।

मंगलबार महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको पुष्टि गरे। ती व्यक्तिमा यही असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ। यस्तै कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि भएको महाशाखा प्रमुख तिवारीले जानकारी दिए।

पछिल्लोपटक देखिएका संक्रमितमध्ये दैलेखका १९, सुर्खेतका ५ र कालीकोटका १ जना रहेका छन्। योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १३ सय ७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै प्रदेशमा उपचारपछि निको हुनेको संख्या ५६० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्