खुकुलो भएको केही दिनमा नै फेरि सरकारले पून लकडाउन गर्ने संकेत
कलाखबर संवाददाता,८ असार काठमाण्डौं । सरकारले कोरोना संक्रमण बढ्दै गएपछि पूर्ण लकडाउन गर्नेबारे सुरक्षा नि’कायहरुसँग छलफल गरिरहेको छ। सरकारले फेरि साउनदेखि पूर्ण लकडाउन गर्ने तयारी थालेको हो । विभिन्न सरकारी सं’यन्त्र प्रयोग गरी कोरोनाको संक्रमण बढ्दै ५० हजारसम्म पुग्छ भन्नु र सरकारले पूर्ण लकडाउनको बारेमा सुरक्षा निकायसँग छलफल गर्नुले साउनदेखि पुनः पूर्ण लकडाउन तयारी थालेको आशंका जन्मिएको छ।
यो खबर आजको नागरिक दैनिकले छापेको छ । केही दिन अघि स्वास्थ्य मन्त्रालयले साउनमा कोरोना संक्रमणको दर ४० हजार पुग्ने दावी गरेको थियो भने नेपाली सेनाको पृतनापति सम्मेलनमा ५० हजार पुग्ने अनुमान प्रक्षेपण गर्नुले पूर्ण लकडाउनको तयारी बढिरहेको संकेत गर्न थालिएको छ।
लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुस्त गतिमा हुनु लगायतका कारणले संक्रमणको जोखिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।