Logo

Breaking News ओखलढुंगा जिल्लामा पनि पहिलोपटक एकजनामा कोरोना पोजेटिभ


कलाखबर संवाददाता,७ असार –काठमाण्डौं । ओखलढुंगा जिल्लामा पनि पहिलोपटक एकजनामा कोरोना पोजेटिभ देखिएको छ ।ओखलढुंगामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाको लिखु गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको श्रोतले जानकारी दिएको छ ।

पीसीआर परीक्षण गर्दा आज उनको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय रुम्जाटार श्रोतले पुष्टि गरेको हो । भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आईतवारसाँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको हो ।

संक्रमित व्यक्ति लिखु गाउँपालिकाको क्वारेन्टाइनमा छन् ।यसअघि ओखलढुंगा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन ।आज पीसीआर रिपोर्ट आएका ६ जनामध्ये एकजनाको पोजेटिभ रिपोर्ट आएको हो ।संक्रमित युवा उनी एक हप्ता अघि जिल्ला आएका थिए ।

प्रतिक्रिया दिनुहोस्