Logo

भदौ सम्ममा ३९ हजार कोरोना संक्रमित पुग्ने स्वास्थ्य मन्त्रालयको आंकल


कलाखबर संवाददाता,६ असार –काठमाण्डौं । भदौ सम्ममा ३९ हजार कोरोना संक्रमित पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकल गरेको छ । आगामी साउन अन्तिम सातादेखि भदौको पहिलो साता कोरोना संक्रमिण उच्च विन्दुमा पुग्नसक्ने सरकारको विश्लेषण छ । त्यसबेला नेपालमा ३९ हजार संक्रमित हुनसक्ने विश्लेषण गरेर स्वास्थ्य सामाग्री र अस्पतालहरुको व्यवस्थापन गर्न लागिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

सचिव र विभागीय प्रमुखसहित शनिबार सञ्चारकर्मीहरु माझमा छलफल गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने, विज्ञहरुको भनाइमा एकदमै खराब अवस्था आयो भने ३९ हजारसम्म पुग्नसक्छ भन्ने छ । अहिले कोरोना पहिचान भएका अधिकांश कोरोना संक्रमित क्वारेन्टिनमा छन् । तर पछिल्लो समय क्वारेन्टिन स्थलहरु नै कोरोना सार्ने अखडा बन्न थालेको र त्यहाँ भएकाहरुलाई आरडीटी गरेर घर पठाउँदा संक्रमण समुदायमा पुग्नसक्ने खतरा कायमै छ ।

साथै ट्राभल हिस्टी नभएकाहरुमा पनि संक्रमण देखिन थालेको छ । साथै कतिपयमा मृत्यु भइसकेपछि मात्र कोरोना संक्रमण पुष्टि भएका छन् । त्यसैले कोरोना संक्रमणले कस्तो रुप लिन्छ अनुमान गर्न गाह्रो भएको जनस्वास्थ्यविज्ञहरु बताउँछन् । तर सरकारले भने भदौ पहिलो सातासम्म ३० हजारसम्म सङ्क्रमित हुने आंकलन गरेर पूर्व तयारी थालेको छ ।

मन्त्रालयका सहसचिव डा। गुणराज लोहनीका अनुसार त्यति संक्रमित हुँदा चाहिनसक्ने सघन उपचार कक्ष ९आईसीयू० र भेन्टिलेटर लगभग तयार छ । उनकाअनुसार अहिले एक हजार भेन्टिलेटर र १८०० आईसीयू छन् ।

प्रतिक्रिया दिनुहोस्