Logo

लकडाउनको विषयमा गृहले निकाल्यो नयाँ सूचना,के के गर्नु हुन्छ ? के गर्नु हुदैन ? पूर्ण पाठ सहित


कलाखबर संवाददाता,६ असार –काठमाण्डौं । लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि फेरि गृहले नयाँ सूचना जारी गरेको छ । कोरोनाभाइरसको संक्रमणलाई फैलन नदिन गृह मन्त्रालयलले सुरक्षा मापदण्ड, २०७७ जारी गरेको छ । मापदण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न पूर्णतः निषेध गर्ने सामाजिक दूरी कायम गरिनुपर्ने लगायत विषयहरू समेटिएका छन् ।

यस्तै, कुनै पनि विवाह, व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व पूजापाठलगायत सामाजिक तथा सांकृतिक कार्यक्रमहरू गर्नपर्ने अवस्थामा सामाजिक दूरी कायम गरी १५ जनाभन्दा बढी मानिस भेला हुन नहुने व्यवस्था गरिएको छ । उत्पादनमूलक क्रियाकलाप उद्योग, कारखाना, पूर्वाधार विकास निर्माण गर्दा एक स्थानमा एक पटक १० जनाभन्दा बढी जम्मा हुन नपाउने तथा कर्मचारीले भिडभाड नगर्ने, सेवा दिँदा सम्भव भएसम्म सेवाग्राहीलाई अनलाइनबाट सेवा मिलाउनेजस्ता विषय समेटिएका छन् ।

यता, सरकारले अत्यावश्यक कामबाहेक अरु बेला बाहिर ननिस्कन सबै नागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।

बैठकले देशैभरका क्वारेन्टिनलाई थप व्यवस्थित गर्दै लैजाने तथा त्यसको अनुगमन र सहजीकरणको काम प्रदेश सरकारले गर्ने, क्वारेन्टिनमा रहेकाहरुको शीघ्र स्वास्थ्य परीक्षण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय परीक्षण निर्देशिकानुसार गरेर त्यहाँ बसेको दुई हप्ताभित्र सक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्