एमसीसीको विषयमा छलफल गर्न नेकपाको सचिवालयको बैठक बस्दै

कलाखबर संवाददाता,६ असार –काठमाण्डौं । पटक–पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालयको बैठक आज फेरि बोलाइएको छ । बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रीमण्डल पुनरगठन तथा एमसीसीको विषमा छलफल हुने बुझिएको छ । मुख्य रुपमा बैठकको एजेण्डा अमेरिकी सहयोग परियोजना ९एमसीसी०मा केन्द्रित हुने छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ ।
पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्ननहुने सुझाव दिएको छ । एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ । पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो । सुरुसुरुमा एमसीसी पारित गर्नैपर्ने पक्षमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने यसलाई पारित गराउन जोडबल नगर्ने पक्षमा रहेको उनी निकट नेताहरु बताउँछन् ।
तर उनले ४ असारमा राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै एमसीसी परियोजनासँगै अमेरिकी सेना पनि नेपाल आउने भनेर गलत हल्ला फिजाइएको बताएका थिए । आलोचकहरुलाई एमसीसी राम्रोसँग पढेर मात्र अभिव्यक्ति दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विदेशी अनुदान आउने र विकास हुने चिन्ताले विरोध गरिएको त होइन भनेर प्रश्नसमेत गरेका थिए । शुक्रबार मात्रै चीन र नेपालको कम्युनिष्ट पार्टीबीचको भर्चुअल कार्याशालालाई सम्बोधन गर्दै प्रचण्डले सैन्य गठबन्धनसँग जोडिने कुनै पनि सहयोग नलिने बताएका थिए ।
तर पार्टीको अधिकांश नेता कार्यकर्ता तथा सम्पूर्ण जनता समेत एमसीसी ल्याउन हुदैन पक्षमा नै छन् । एमसीसी राष्ट्रघाटक हुने र यसले जनताको पक्षमा काम नगर्ने प्राय सबै आम जनताको बुझाई रहेको छ । यसको विरोधमा पटक पटक प्रधान मन्त्री विरुद्ध चर्को रुपमा नाराबाजी तथा आन्दोलन समेत हुदै आएको छ ।