Logo

केन्द्र सरकारद्वारा सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


कलाखबर संवाददाता,५ जेष्ठ –काठमाण्डौं । केन्द्र सरकारद्वारा सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । शुक्रबार संघीय सांसद हेमकुमार राईले उक्त सामाग्री अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष वीर कुमार राईलाई हस्तान्तरण गर्नुभएको हो ।

सांसद राईले पिपिइसेट २० थान, ३ हजार ३ सय ५० थान सर्जिकल मास्क, ग्लोब्स २ हजार थान, सेनिटाइजर ७ बोतल र चस्मा ५ थान लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको अस्पताल स्रोतले जनाएको छ ।

उक्त सामाग्री हस्तान्तरण पछि जिल्लालाई आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्रीको बिषयमा समेत थप पहल भईरहेको सांसद राईले बताउनु भयो ।

उहाँले जिल्लामा आइपर्ने कुनैपनि समस्या बारे तत्काल खबर भए समस्याको पहल गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । जुनसुकै विपदमा पनि सांसद भएको हैसियतले आफु नागरिकको बीचमै रहेको समेत उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्