Logo

खाडी मुलुकबाट २३ नेपालीको शव ल्याइयो


कलाखबर संवाददाता,५ असार कठमाण्डौं । खाडी मुलुकबाट २३ नेपालीको शव शुक्रबार त्रिभुवन विमान स्थाल ल्याइएको छ । ल्याइयो
शुक्रबार मध्यान्ह एउटै उडानमा दुवईबाट २० जना र अन्य दुई उडानमा ३ गरी २३ जना नेपालीको शव ल्याइएको थियो । विमानस्थलमा मृतकका आफन्तहरु उपस्थित भएका थिए । उनीहरु शोकमा डुबेका थिए । खाडी मुलुकबाट चार्डर्ट विमान हुँदै नेपालीको शव काठमाडौ ल्याएको हो । शुक्रवार कतार एअरवेजको चार्टर्ड विमानमा २० वटा शव ल्याइएको थियो ।

कुवेतबाट जजिरा एयरले पनि २ वटा शव र यूएईको दुबईबाट आएको नेपाल एअरलाइन्सले एक जनाको शव ल्याएको छ । शव ल्याउदा बिमानस्थलको दृश्य भावुक बनेको थियो । शव बुझ्न मृतकका आफन्त बिमानस्थल पुगेका थिए । आफन्तको मृत शरिर लिन पुगेका उनीहरुले परिवार गुमाउँदाको पीडा व्यक्त गरेका थिए । विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पु¥याउने गर्छ तर केहिलाई यो थाहा नहुदा शव बहान ल्याएर बिमानस्थल पुगेका थिए ।

विमानस्थलमा शव बुझ्न पुगेका मृतकका केहि आफन्तले शवलाई गृहजिल्ला पुराउने तथा केहिले काठमाडौंमा दाहसंस्कार गर्ने बताएका छन् । लकडाउनका कारण शव ल्याउन ढिलाई हुदा थप कठिनाइ भएको उनीहरुले बताए । विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पु¥याउने गर्दै आएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार बर्दिया मोतिपुरका सिकराम थारु, सर्लाहीको ईश्वरपुरका अरुनकुमार पजियार, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा मण्डर खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यामबहादुर थापा, सिरहाका कसिन्द्र यादव, सर्लाहीका कसिन्द्र यादव र मनोज पासवान र महोत्तरीका अनिल चौधरीको शव ल्याइएको छ ।

यस्तै कपिलवस्तुका मोहम्मद अलाम मुसलमान, सिरहाका मुस्तक सैश र रुपेशकुमार मण्डल, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा मगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङ्का युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा, उदयपुरका मिनबहादुर थापा, सुर्खेतका निरबहादुर कामी र भोजपुरका मंगलबहादुर तामाङको शव आएको छ । यस्तै शुक्रबारबाट कुवेतबाट नुवाकोटकी सोनी तामाङ र संखुवासभाका मानबहादुर आलेको शव ल्याएको छ ।

यूएईबाट पनि सिन्धुपाल्चोकको पेम्बा नुर्बू शेर्पाको शव नेपाल एअरलाइन्समार्फत स्वदेश ल्याइएको छ । शुक्रबार बिभिन्न गन्तव्य मुलुकबाट नेपालीहरु उद्धार पनि गरिएको छ । साउदी, यूएई, कतार लगाएतका देशबाट नेपालीहरु स्वदेश ल्याएको हो । साउदीको दमामबाट १५४ जना नेपाली स्वदेश आएका छन् । संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट १ सय ४८ जना यात्रु स्वदेश फर्किएका छन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका यूएईमा रहेका छन् भने अधिकांश महिला गर्भवती छन् । त्यस्तै कतारबाट ४३ जना यात्रु र २० वटा शव लिएर कतार एअरवेज पनि आएको थियो ।

प्रतिक्रिया दिनुहोस्