Logo

धादिङमा आरडीटी गरेर घर पठाइएका थप ९ जनामा कोरोना पुष्टि,योसँगै संक्रमितको संख्या ९२ पुग्यो


कलाखबर संवाददाता,१ असार –काठमाण्डौं । धादिङ जिल्लामा आरडीटी परिक्षण गरेर घर पठाइएका थप ९ जनामा कोरोना पुष्टि पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ९२ जना पुगेको छ । सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नौ जनामा संक्रमण पुष्टि भएको हो । आइतबारमात्रै धादिङको नीलकण्ठ नगरपालिकाको क्वारेन्टिनबाट आरडीटी गरेर घर पठाइएका २४ जनामा संक्रमण पुष्टि भएको थियो ।

नगरपालिकाकाका अनुसार कुल ७५ जनामध्ये २४ जनाको पोजेटिभ आएको थियो भने ८१ वटा स्वाबको नतिजा आउन बाँकी थियो । त्यसमध्ये सोमबार थप नौ जनाको पोजेटिभ रिपोर्ट आएको छ । नगरपालिकाका प्रमुख भीम ढुंगानाले आरडीटी गराएर घर पठाएकाहरूको नै रिपोर्ट पाजेटिभ आएको जानकारी दिए ।

पहिले पीसीआर किट नपाउँदा आरडीटी गरेर घर पठाएकाहरुमा कोरोना पुष्टि भएसँगै अब घोषित रुपमा नै आरडीटीलाई नगरपालिकामा बन्द गर्ने उनले बताए । ढुंगानाका अनुसार वडा नम्बर १४ का एक जना, वडा नम्बर २ का दुई जना, वडा नम्बर ५ का तीन जना, वडा नम्बर ७ का दुई जना र वडा नम्बर १० का एक जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित भेटिएका गाउँलाई नै सिल गर्न सुरु गरिसकिएको नगरप्रमुख ढुंगानाले जानकारी दिए । भारतबाट फर्किएर बिभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बसेकाहरुमा कोरोना संक्रमण फैलदैँ गएको छ । धादिङ जिल्लाको १३ वटा स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा कोरोना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्