Logo

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी सदस्यबाट हटाउने


कलाखबर संवाददाता,१ आसार– काठमाण्डौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी सदस्यबाट हटाउने तयारी गरेको छ । सरकारले हालै पारित गरेका संविधान संशोधन विधेयकको विरुद्धमा एक्लै उभिएकी गिरीलाई पार्टीले कारर्बाही स्वरुप हटाउने तयारी गरेको हो । संविधान संशोधन विरुद्धको प्रस्ताव फिर्ता लिन र पार्टीको नियम पालना गर्न चेतावनी दिएको थियो ।

तर पार्टीले पटक पटक सांसद गिरीलाई निर्णय पालना गर्न अनुरोध गर्दा पनि अटेरी गरेपछि उनलाई कारबार्ही गर्न पार्टी बाध्यात्मक भएको हो । अहिले पार्टी नेताहरु प्रमुख उपेन्द्र यादव र डा। बाबुराम भट्टराई काठमाडौबाहिर भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने बताइएको छ ।

जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले पार्टीबाट हटाइएको वा दल त्याग गरेको कुरा सूचना संसदलाइ दिएमा निजको सांसद पद पनि निलम्वन हुने संविधानको धारा ८९ को (ङ) मा व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्