Logo

 प्रेस सेन्टर नेपालद्वारा फिल्डमा खटिने पत्रकारलाई  प्रेस ज्याकेट तथा स्वास्थ्य सामाग्री वितरण


कलाखबर संवाददाता,३२ जेठ – काठमाण्डौं । प्रेस सेन्टर नेपालले फिल्डमा खटिने पत्रकारलाई प्रेस ज्याकेट तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । एक कार्यक्रमका बीच आईतबार प्रेस सेन्टर नेपालले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमका बिच फिल्डमा खटिएका पत्रकारहरुलाई प्रेस ज्याकेट, माक्स, पञ्जा लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेका हुन् ।

प्रेस सेन्टर नेपाल केन्द्रीय समितिद्धारा शनिवार पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममॉकोरोना प्रकोप नियन्त्रण तथा पत्रकारको भूमिका विषयमा छलफल समेत भएको प्रेस सेन्टर प्रदेश नम्बर तीनका अध्यक्ष सुमन वाङदेलले बताए । सो कार्यक्रमको बीचमा संचारकर्मीलाई आवश्यक ज्याकेट तथा केही स्वास्थ्य सामाग्रीहरु पनि वितरण गरिएको उहाँले जानकारी दिए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको अध्यक्षता एवं नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीको प्रमुख आतिथ्यता र प्रेस सेन्टर प्रदेश नम्बर तीनका अध्यक्ष सुमन वाङदेल लगायतको आतिथ्यता रहेको थियो । केन्द्रीय अध्यक्ष लोकराज जैसी, प्रदेश अध्यक्ष सुमन वाङदेल र माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकी लगायतले सहभागी पत्रकारहरुलाई आवश्यक सामाग्रीहरु वितरण गरेका हुन् ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब तीन दर्जन भन्दा बढी पत्रकारहरु सहभागी रहेका थिए । कोरोना प्रकोप नियन्त्रणमा पत्रकार,स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टिम अग्रपंक्तिमा रहेर महत्वपूर्ण जिम्मेवारी बहन गरेको सहभागीहरुले जनाएका छन् । तरपनि आफ्नो ज्यानजिउको प्रवाह नै नगरी फिल्डमा खटिएकाहरुको आवश्यक समस्या तथा सुरक्षा प्रवन्धमा राज्यले ध्यान दिन नसकेको

निष्कर्ष निकाल्दै उनीहरुले सरकारलाई ध्यान आकर्षण समेत गराएका हुन् । त्यसका साथै प्रेस सेन्टर नेपालले देशभरका पत्रकारहरुको लागि आफ्नो संगठनले न्यूनतम रुपमा भएपनि कोरोनाबाट सुरक्षा हुने सामाग्रीहरु वितरण गर्ने जनाएको छ । औपचारिक रुपमा कार्यक्रमलाई प्रेस सेन्टर नेपाल प्रदेश तीनका सचिव अरुणा मानन्धरले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्