अहिले सम्मकै नेपालमा सबै भन्दा धेरै जनामा कोरोना पुष्टि,जम्मा संक्रमित संख्या ५७६० पुग्यो
कलाखबर संवाददाता,३२ जेठ – काठमाण्डौं । नेपालमा अहिले सम्मकै सबै भन्दा धेरैमा कोरोना पुष्टि भएको छ । आइतबार थप ४२५ जनामा कोरोना संक्रमित थपिएका हुन । स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा। डा। जागेश्वर गौतमका अनुसार देशका बिहिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रबक्ता देवकोटाका अनुसार आज थपिएका संक्रमितहरु रुकुम पश्चिम, गुल्मी , नवल परासी पश्चिम , रुपन्देही , पाल्पा , दैलेख , रौतहट , सिन्धुली , धादीङ, सर्लाही लगायतका जिल्लाका छन् । आज पुष्टि भएका ४२५ कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमितको सख्या ५७६० पुगेको छ ।आज रुकुम पश्चिममा पनि संक्रमित भेटिएका छन् ।
यो संगै कोरोना संक्रमण फ़ैलिएका जिल्ला ७३ पुगेको प्रबक्ता गौतमले बताए ।त्यस्तै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।