Logo

असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट शैक्षिक पठनपाठन सुरु गर्ने सरकारको पूर्ण तयारी (समय तालिका सहित)


कलाखबर संवाददाता,३२ जेठ – काठमाण्डौं । सरकारले भोली असार १ गतेबाट रेडियो र टेलिभिजनको माध्यमबाट शैक्षिक पठनपाठन सुरु गर्ने पूर्ण तयारी गरेको छ । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि विकल्पको रुपमा सरकारले यो बिधि अपनाएको हो । यो विधि अनुसार एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु मार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। तुलसीप्रसाद थपलियाका अनुसार ‘टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ भोलिदेखि सुरु हुने भएको छ ।

उनका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ । विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. थपलियाले बताए ।

आठ कक्षासम्मकालाई हुने एउटा–एउटा पुस्तक बनेको छ । यसको डिजिटल कपी तयार छ । ३ कक्षासम्मको डिजिटल कपी हाम्रो वेबसाइटमा राखिसकिएको छ । चारदेखि–आठ कक्षासम्मको हामी आज–भोलिमै राखिसक्ने गरी तयारी गरिरहेका छौं,’ डा। थपलियाले भने । कतिपय पालिकाले तीन कक्षासम्मको सामग्री घर–घरमा र टोल–टोलमा धमाधम वितरण गरिरहेको उनले बताए । त्यो सामग्री घरमै बसेर सिक्न सक्ने खालको रहेको उनको भनाइ छ । विद्यार्थीहरुलाई पढाउन स्थानीय तहहरुले स्थानीय एफएमको पनि प्रयोग गरिरहेको उनले बताए ।

रेडियो नेपाल र थुप्रै एफएमबाट पनि पढाउने व्यवस्था मिलाइएको डा। थपलियाले बताए । उनले भने, ‘कक्षा ६ देखि ८ सम्मलाई टार्गेट गरेर कान्तिपुर एफएमले पनि भोलिबाट हप्ताको पाँच विषयगत पाठ पढाउन सुरु गर्दैछ, रेडियो नेपालबाट भोलिदेखि नै कक्षा ९ र १० को सामग्री प्रसारण हुँदैछ । अरु थुप्रै लोकल एफएमबाट प्रसारण गर्ने तयारी पनि स्थानीय तहहरुले गरिरहेको जानकारी प्राप्त भएको छ । जसका लागि कतिपय विद्यार्थीहरुले सेवा प्रदायक इन्टरनेट प्रविधि संस्था निशुल्क रुपमा इन्टरनेट सेवा प्रवाह गर्नु पर्ने माग गरि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्