दुई तिहाईभन्दा बढी मतले संविधान संशोधन विधेयक पास
कलाखबर संवाददाता,३१,जेठ – काठमाण्डौं । मतदान हुने बेला संसदमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । र, संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।
त्यसअघि दफावार छलफलमा प्रमुख दलका शीर्ष नेताहरुले भाग लिएका थिए । सत्तारुढ नेकपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अधयक्ष प्रचण्डले संविधान संशोधन गरेर नेपालले दुश्मनी चाहेको भन्ने अर्थ नलगाउन आग्रह गरे ।
कूटनीतिक र राजनीतिक सम्वादमार्फत यो समस्या सदाका लागि अन्त्य गर्न चाहेको उनले बताए ।