Logo

सरकार विरुद्ध प्रर्दशन गर्ने नेता कार्यकर्ता पक्राउ


कलाखबर संवाददाता,३१,जेठ – काठमाण्डौं । सरकारको विरोधमा प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका ६ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । कोरोना भाइरस महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै उनीहरुले तीनै तहको सरकारको विरोधमा प्रदर्शन गर्दै गर्दा पक्राउ हुन् ।

प्रहरीले घण्टाघरबाट विकास तिवारी, ठाकुरराम इकाइ सभापती मनोज साह, जिल्ला उपाध्यक्ष शेष, सहसचिव रमेश यादव, पुर्व प्रदेश सदस्य अभय कर्ण, श्याम गुप्तालाई पक्राउ गरेको हो ।

वीरगञ्जको महाबिर स्थान चोकबाट सुरू भएको प्रदर्शन घण्टाघर चोकमा आएर टुंगिएको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुतला दहन समेत गरे । पक्राउ परेकाहरुलाई क्वारेन्टिनमा राख्ने कि छोड्ने भन्नेमा छलफल भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी नवोदित कुँवरले जानकारी दिए ।

महामारीको समय छ, भिडभाड गर्नुहुन्न भन्ने हो । अझ विद्यार्थी जस्तो सचेत वर्गले त्यसो गर्नु नै हुन्न । भिडभाड गर्दै भएको प्रदर्शन शंकास्पद देखियो, त्यसैले उनीहरुलाई क्वारेन्टाईनमा बस्नुपर्छ भनेका हौं, डिएसपी कुँवरले भने ।

प्रतिक्रिया दिनुहोस्