Logo

उपत्यकामा आजदेखि जोर-बिजोर प्रणालीमा निजी गाडी सञ्चालन : आज जोर बार जोर गाडी


कलाखवर संवाददाता,३० जेष्ठ काठमाण्डौं ।  आज देखि जोर-बिजोर प्रणालीमा निजी गाडी चल्न थालेका छन् । शुक्रबार जोर दिन भएकाले अन्तिममा जोर नम्बर भएका निजी गाडी चल्न सुरु भएका छन् । तर, निजी गाडी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म भने चलाउन पाइने छैन । यो समयमा अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीलाई भने कुनै रोकतोक हुने छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जोर गतेका दिन जोर नम्बर प्लेट भएको गाडी र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको गाडी चल्ने छन् ।

यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यका बाहिर यी गाडी जान पाउने छैनन भने यसअघि पास लिएका गाडी पनि अब यही नियम अनुसार चल्ने छन् । अबदेखि मोटरसाइकल र साइकलमा पनि एक जना मात्रै चढ्नुुपर्ने छ ।

चार पाङग्रे निजी गाडीको हकमा चालकबाहेक दुई जना मात्रै यात्रा गर्न दिने व्यवस्था गरिएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई भने अझै कायमै राखिएको छ ।

नागरिककाे बढी उपस्थिति हुने ठाउँ तथा सार्वजनिक गाडी भने अहिले तत्काललाई खुलाइने छैन ।

प्रतिक्रिया दिनुहोस्