Logo

गण्डकी प्रदेशमा थपिए ३७ जना कोरोना संक्रमित


कलाखवर संवाददाता,३० जेष्ठ काठमाण्डौं । गण्डकी प्रदेशमा ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएकाे परीक्षणमा ३७ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा सङ्क्रमितको संख्या १८८ पुगेको छ ।

 

 

नयाँ थपिनेमा सबैभन्दा धेरै स्याङ्जाका २२ जना रहेका छन् । पर्वतका १३ जना तनहुँका १ जना र नवलपरासी पूर्वका १ जना रहेका छन् ।

स्याङजाका ३ र ४ वर्षका बालकमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । याेसँगै स्याङजामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ ।

नयाँ सङ्क्रमित सबैलाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकीका १८८ जना सङ्क्रमित मध्ये १० जना निको भएका छन् भने १ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्