नेपाली काँग्रेस सोलुखुम्बु काठमाण्डौं सम्पर्क समितिद्वारा राहत वितरण
कलाखर संवाददाता,२७ जेष्ठ काठमाण्डौं । नेपाली काँग्रेस सोलुखुम्बु काठमाण्डौं सम्र्पक समितिले काठमाण्डौंं उपत्यकामा सोमबार राहत वितरण गरेको छ । लामो समय बन्दाबन्दीका कारण आप्ठ्यारोमा परेकाहरुलाई समितिले राहत वितरण गरेको हो । जोरपाटी चोक, कपन हेण्ड बल मैदान, सामाकोशी चोक र चावाहिल लगायतका स्थानहरुमा १०४ जना अत्ति पीडितलाई लाई राहत वितरण गरिएको नेपाली काँग्रेस सोलुखुम्बु काठमाण्डौं सम्पर्क समिति सचिव टार्जन कुलुङले कलाखबरलाई बताए ।
राहत प्याकेज भित्र नुन,तेल,चामल र दाल रहेको पनि सचिव कुलुङले जानकारी दिए । राहत वितरण कार्यमा नेपाली काँग्रेस सोलुखुम्बु काठमाण्डौं सम्पर्क समितिका पदाधिकारीहरुस् अध्यक्षस् गोकर्ण बस्नेत,उपाध्यक्षहरुस् फुनुरु शेर्पा, चन्द्र राई, विमला गुरुङ, सचिवस् टार्जन कुलुङ,कोषाध्यक्षस् नवीन कार्की,अन्य कार्य समितिहरुस् उत्तम राई, बिजय गुरुङ, अशोक कुमार राई , उपस्थित जिल्ला नेताहरु,
समिति सदस्यहरुस् खिलाराज बस्नेत, भोजराज कार्की, जय प्रसाद राई, शम्भुहरी बास्तोला ,महाधिवेशन प्रतिनिधिस् अशोक कुमार झा ,नेपाली काङ्ग्रेस सोलु पार्टी सचिवस् भलाकाजी कुलुङ र पुर्व महासमिति सदस्य हुत्तराज बस्नेत लगायत युवा नेता कुमार बस्नेत र वेद प्रसाद लगायतका नेता तथा कार्यकर्ताहरु रहेका थिए । नेपाली काँग्रेसले पटक पटक राहत वितरण गरेर उद्धार कार्य गरेको पीडितहरुको भनाई थियो ।