Logo

२ छोरीहरुसँग हिमानी शाहको टिकटक भाइरल (भिडियो सहित)


कलाखबर संवाददाता,२७ जेठ–काठमाण्डौं । पूर्व युवराज्ञी हिमानी शाहले दुई छोरीहरुसँग गरेको टिकटक भिडियो भाइरल भएको छ ।

उनले दुई छोरीहरुसँग एउटा गीतमा नृत्य गरिरहेको भिडियो टिकटकमा सार्वजनिक भएको छ ।

‘गुराँसको फेदमुनि….’ बोलको गीतमा हिमानीले दुई छोरी पूणिर्का र कृतिकासँग नृत्य गरेकी हुन् । तीनैजना कालो पोशाकमा सजिएका छन् र एउटै वान्कीमा कम्मर मर्काएका छन् । पूणिर्का साहको अकाउन्टबाट अपलोड भएको यो भिडियो केही घन्टामै भाइरल बनेको छ । हिमानीका पति पूर्व युवराज पारस शाहले पनि यो भिडियो ‘मेरो परिवार’ भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन् ।

पूणिर्काले भिडियोको क्याप्सनमा लेखेकी छन्, ‘यो (डान्स स्टेप) हामीले आमाबाट पाएका हौं । हामीसँग साँच्चै गजबकी आमा हुनुहुन्छ ।’ भिडियोमा पूर्व नवयुवराज हृदयन्द्र भने देखिएका छैनन् । पूर्व युवराज्ञी हिमानी र उनका तीन छोराछोरी अहिले थाइल्यान्डमा छन् । उच्चशिक्षा अध्ययनका लागि त्यहाँ रहेका छोराछोरीलाई भेट्न गएकी हिमानी लकडाउनका कारण उतै अड्केकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्