Logo

गण्डकी प्रदेशका थप २४ जनालाई कोरोना, संक्रमित १४४ पुगे


कलाखबर संवाददाता,२७ जेठ–काठमाण्डौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आज थप विभिन्न ४ जिल्लाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का १२, बागलुङका ११ र म्याग्दीका १ जना रहेका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्