भीषण वर्षाले काठमाण्डौका बस्ती डुबानमा

कलाखबर संवाददाता,२६ जेठ–काठमाण्डौं । आइतबार रातिको भीषण वर्षाले काठमाण्डौका केही बस्ती डुबानमा परेको छ ।
वाग्मती, विष्णुमती, बल्खु खोला लगायतका नदी र खोला आसपासका केही बस्ती जलमग्न भएका हुन् । बागबजार, कुलेश्वर लगायतका ठाउँका बस्ती पनि जलमग्न भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । राती झण्डै एक घण्टा भीषण वर्षा हुँदा नदी र खोलामा बाढी आएको हो ।
सोमबार बिहानै वर्षा रोकिएपछि नदीमा आएको बाढी र बस्तीमा जमेको पानी घट्न थालेको छ ।