Logo

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुग्यो


कलाखबर संवाददाता,२६ जेठ–काठमाण्डौं । कोरोना सङ्क्रमणका कारण स्याङजामा  एक जनाको ज्यान गएको छ ।

 

 

कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्यान गएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्