लकडाउनको मौकामा पैसामुखी यातायात व्यावसायीको भाडा बढाउन माग,भाडा नबढाए यातायात नचलाउने चेतावनी

कलाखबर संवाददाता,२५ जेठकाण्डौं । कोरोना महामारीबाट जोगिनका लागि क्षेमता भन्दा आधा सिट मात्र यात्रु बोक्ने नियम सहित यहि जेठ २५ गतेबाट यातायातका साधन सञ्चालनमा ल्याउने सरकारले घोषणा गरेका छन् । तर स्वास्थ्य र यात्रुको ख्यालै नगरी क्षमता भन्द बढी यात्रु बोकेर पैसा कमाउन पल्केका यातायात व्यावसायीहरुले सरकारको त्यो नियमलाई नमान्ने भएको छ । यही मौकामा उनीहरुले भाडा बढाउने अडान राखेका छन् । यदी सरकारले अनुदान दिएमा वा भाडा बढाएको खण्डमा मात्र यातायात सञ्चालनमा ल्याउने उनीहरुले जनाएका छन् ।
कुनै चाडबाड होस् या कुनै यस्ता बिपत्ति जब आई पर्छन् तब चालक र सहचालक मनपरी रुपमा भाडा असुलेर मौकाको फाइदा उठाउछन् । यो अवस्थामा यातायात व्यावसायी र सरकार बेखबर हुन्छन् । यात्रु भने ढाड सेक्ने गरी मारमा परि रहेका हुन्छन् । पुग्नु पर्ने गन्तव्यबिन्दु भन्दा आधा बाटोमा नै यहि सम्म हो भन्दै सबै यात्रु ओरालदिन्छन् । त्यस पछि फेरि नयाँ यात्रु हालेर पूरै भाडा असुल्दै बल्ल पुग्नु पर्ने गन्तव्यमा पुग्छन् । यो अवस्थामा ठ्याक्कै दोब्बर नाफा उनीहरुले कमाई रहेका हुन्छन् ।
यातायात व्यावासायीले निश्चित दुरी सम्मको भाडा दर कायम भएको लिस्ट प्रत्येक चालक र सहचालकलाई उपलब्ध नगराउदा यस्तो अवस्था सृजना हुने गर्छन् । अहिले पनि उनीहरुले त्यही नै मौका खोजी रहेका छन् । कारले सिट क्षमता भन्दा आधा मात्र यात्रु राखेर सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने प्रस्ताव राखे पछि उनीहरु अनेक बाहान गर्दै आनाकानी गरि रहेका छन् । यातायात व्यवसायीहरू यसमा सकारात्मक देखिएका छैनन्।
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एकसय भन्दा कम कोरोना संक्रमित भएका जिल्लामा जेठ २५ बाट जिल्लाभित्र मात्र सवारी साधन सञ्चालन गर्न दिने प्रस्ताव गरेको छ। तर ती सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटो दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। असार १ बाट सिट क्षमताको आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुवाहक सवारीसाधन सञ्चालन गर्ने प्रस्ताव छ। यो प्रस्तावमा यातायात व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन्। आधा यात्रु मात्र राखेर सञ्चाल गर्दा यातायात व्यवसायीहरु घाटामा पर्ने बताएका छन्।
पूर्ण सिट क्षमतामा सञ्चालन गर्दा पनि ३० प्रतिशत मात्र बचत हुने गरेकोमा अहिले आधामात्रै यात्रु राखी यातायात सञ्चालन गरे यो क्षेत्र नै धरापमा पर्ने त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताए।आधा यात्रु मात्र राखेर सार्वजनिक यातायातका साधन सञ्चालन गर्न सकिन्छ, तर त्यसका लागि २ वटा विकल्प हामीसँग छन्,’ उनले भने, ‘पहिलो विकल्प भाडा वृद्धि हो, यसो नभए सरकारले अनुदान दिनुपर्छ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग गरिरहेको वार्तालाई पर्खेको उनले बताए। देशभर दुई लाख ५० हजार सार्वजनिक यातायातका साधन सञ्चालन छन् भने आफ्नो प्रालिमा मात्र ६५० वटा गाडी सञ्चालनमा रहेको उनले बताए।
जिल्लामा भने १५० वटा सवारीसाधन सञ्चालनमा रहेको सो प्रालिका अध्यक्ष हमालको भनाई छ। जिल्लामा आधादर्जन कम्पनीहरुले सार्वजनिक सवारीसाधन सञ्चालन गर्दै आएका छन्। उनका अनुसार भाडा बृद्धि वा सरकारले अनुदान दिने कुरा एकिन नभएसम्म गाडी नै नचलाउँने निर्णय यातायात व्यबसायीले लिनेमा सबै एकमत छन् । यसैले यो घोषणा चाँडै गर्ने उनले बताए । यसबाट पनि प्रस्त हुन्छ की स्वास्थ्य र यात्रुको माया भन्दा पनि पैसाको मोह यातायात व्यावसायीहरुमा छ । यतिखेर त उनीहरुले देशलाई सघाउने हो, सरकारलाई सहयोग गर्ने हो, जनतालाई माया गर्ने हो, सबैको आपसी सहयोगले यो महामारी बगाउने हो । तर पैसाचीको प्रलोभनमा चुर्लुम्म डुबेका यातायात व्यावसायीहरुको खै त मानवता ? खै त देश र जनताप्रतिको माया ?